बैशाख २४, २०८१, सोमबार
               

अन्तर्राष्ट्रिय एसओएस दिवस सम्पन्न

नेपाल फ्ल्यास
असार ०९, २०७८

ADVERTISEMENT

एसओएस बालग्राम अन्तर्राष्ट्रियका संस्थापक प्राडा हर्मन माइनरको १०२ औं जन्मजयन्ती तथा ३५ औं अन्तर्राष्ट्रिय एसओएस दिवस सप्ताहव्यापी विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। 

अष्ट्रियाको अल्बरस्वेण्डेमा सन् १९१९ को जुन २३ मा जन्मिनुभएका प्राडा माइनरले दोस्रो विश्वयुद्धमा बाबुआमा र घरवार गुमाएका बालबालिकालाई पारिवारिक मायाका साथ संरक्षण गर्ने उद्देश्यले एसओएस बालग्रामको स्थापना गरेका थिए ।

सन् १९८६ को २६ अप्रिलमा अष्ट्रियाको इन्स्ब्रुकमा उनको निधन भएपछि हरेक वर्ष विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय एसओएस दिवस मनाइने गरिएको छ । हालसम्म विश्वका १०६ वटा मुलुकमा रहेका एसओएस बालग्राममा बाबुआमा र घरवारविहीन यस्ता बालबालिकाको संरक्षण, स्याहार र उचित शिक्षादीक्षाका साथ रेखेदख गर्ने गरिन्छ । नेपालमा पनि यस्ता १० वटा एसओएस बालग्राम सञ्चालनमा रहेका छन् । ती बालग्राममा हाल एक हजार २६० बालबालिका रहेको एसओएस बालग्राम नेपालका निर्देशक सीताराम सुवेदीले बताए।

एसओएस बालग्राम नेपालले विश्वव्यापी कोरोना महामारीका कारण गरिएको बन्दाबन्दीका कारण यस वर्ष भर्चुअल माध्यमबाट प्राडा माइनरको जन्मजयन्ती तथा एसओएस दिवस मनाएको छ। सो अवसरमा बालग्रामका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्मा र सहायक राष्ट्रिय निर्देशक डा गङ्गाबहादुर गुरुङले स्व माइनरको योगदानको चर्चा गर्दै बालबालिकाको सर्वाङ्गीण विकासका लागि सबैले चासो राख्नुपर्ने बताए। दिवसका अवसरमा १० वटै बालग्रामका बालबालिका, युवा ग्राममा रहेका किशोरकिशोरी तथा युवायुवतीबीच वकृत्वकला, चित्रकलालगायतका प्रतियोगिता आयोजना गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि