जेठ ०६, २०८१, आइतबार
               

महत, ढकाल र शर्माविरुद्ध  सवा अर्बको भ्रष्टाचार अभियोगमा मुद्दा

नेपाल फ्ल्यास
असार ०९, २०७८

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फर्छयोट आयोग ऐनले दिएको अधिकार क्षेत्र बाहिर गई अभियुक्तले करदातासँग कर फर्छ्योट सम्झौता गरेको पाइएको छ ।

आयोगले उनीहरूविरुद्ध एक अर्ब ३३ लाख २० हजार ३८५ बराबरको बिगो दावी गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायसमेत माग गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि