जेठ ०४, २०८१, शुक्रबार
               

जिल्ला प्रशासनको सेवा आजदेखि सुरु

नेपाल फ्ल्यास
असार ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले सम्पूर्ण सबै सेवा सञ्चालनमा ल्याएका छन् ।जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी यसअघि स्थगित भएका सेवा आजदेखि पुनः सञ्चालन भएका हुन् ।

कोरोना महामारी बढेपछि यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेका थिए ।आजदेखि प्रशाशन कार्यालयहरुमा नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस सेवा सुरु भएको छ ।

त्यसैगरी हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्ता र अन्य सिफारिसहरु पनि खुला भएका छन् ।

काठमाडौं उपत्यका बाहिरको हकमा बार छुट्याएर पालिकाहरुलाई नियमित सेवा प्रदान गर्न सहजीकरण गरिएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् । अधिकांश जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा थप खुकुलो बनाउँदै लगेका छन् । हाल ७५ जिल्लामा निषेधाज्ञा जारी छ ।


कस्तो लाग्यो ?

यो पनि