जेठ ०४, २०८१, शुक्रबार
               

५४ दिने लकडाउनपछि निजी सवारी सडकमा, मुख्य चोकमा जाम

नेपाल फ्ल्यास
असार ०८, २०७८

ADVERTISEMENT

५४ दिनपछि निजी सवारी साधन सडकमा गुड्दा काठमाडौं उपत्यकाभित्रको सडकमा भिडभाड देखिएको छ । बिहान कार्यालय समयमा विभिन्न चोकहरूमा ट्राफिक जामसमेत छ । चक्रपथ, कलंकी, कोटेश्वर, बानेश्वर, सातदोबाटो, कालीमाटी, जमल लगायतका क्षेत्रमा बिहान १० बजे केही बेर जाम भएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले मङ्गलबारबाट निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा चल्न दिने निर्णय गरेका थिए । त्यसैले आज बिहानैदेखि सडकमा निजी सवारी साधनको चाप देखिएको हो ।

अहिले निजी सवारी साधन जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर (नम्बर प्लेटको अन्तिम अक्षर)का सवारी चल्नेछन् । तर, सार्वजनिक सवारी साधन भने अझै सञ्चालनमा आएको छैन । ट्याक्सीलाई पनि जोरबिजोर प्रणालीमा चल्न दिइएको छ । 

लकडाउन खुकुलो भएसँगै विभिन्न ठाउँमा हुँदै आएको चेकजाँच समेत बन्द गरिएको छ । अहिले मुख्य चोकहरूमा मात्र सवारी साधन चेकिङ गर्न थालिएको छ । अहिले सञ्चालनमा आएका गाडीहरूलाई पनि प्रहरीले विभिन्न स्थानमा चेकिङ गर्दै आएको छ । चेकिङ पोस्ट नजिक रोकिनुपर्दा केही बेर सवारी साधनहरूको जाम हुँदै आएको छ  ।


कस्तो लाग्यो ?

यो पनि