जेठ ०६, २०८१, आइतबार
               

आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएपछि सहज

नेपाल फ्ल्यास
असार ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । कोरोनाको दोस्रो लहरपछि लगाइएको काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । केही खुकुलो व्यवस्थासहित एक हप्ताको लागि निषेधाज्ञा आजदेखि लागू भएको हो ।

आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको थियो । आजदेखि उपत्यकाका निजी सवारी साधान जोरबिजोर प्रणाली अनुसार सञ्चालन गर्न पाइने काठमाडौं जिल्ला प्रमुख अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

यस्तै पसलहरु पनि बार अनुसार खोल्ने व्यवस्था मिलाइएको छ । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान, अटोमोबाइल र त्यसका पार्टपुर्जाका पसल खोल्न पाइने उनले जानकारी दिए ।

यस्तै सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ पसल खोल्न पाइने निर्णय गरिएको छ । 

यो पनि