जेठ ०६, २०८१, आइतबार
               

बाढीपहिरोबाट ३ हजार २५८ जना विस्थापित

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परेका ८०६ जनाको उद्दार गरिएको छ ।

तीमध्ये मनाङमा ६५६ जना, सिन्धुपाल्चोकमा १२३ जना, सल्यान र लमजुङमा ८/८ जना, दाङ र गोरखामा ४/४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् । उद्दार पश्चात उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।

बाढीपहिरो र डुबानमा परी २० जना घाइते भएका छन् । तीमध्ये १३ जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका रहेका छन् । 

बाढी पहिरोमा परी हाल २१ जना बेपत्ता भएका छन् । तीमध्ये १४ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना र बाजुरामा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण २१० वटा घर डुबानमा परेका छन् । २०६ वटा घर, १२ वटा गोठ, १८ वटा पुल, ३ वटा विद्यालय र ८ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७४८ वटा घरका ३ हजार २५८ जना मानिस विस्थापित भएका छन् भने ६३० वटा पशु चौपायको मृत्यु भएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि