बैशाख २३, २०८१, आइतबार
               

देशको पूर्वी भागको केही स्थानमा भारी वर्षाको सम्भावना, नदीको सतह बढ्न सक्ने

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

 

काठमाडौं । मुलुकको पूर्वी भाग तथा लुम्बिनी प्रदेशमा भारती वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै विभागले सोमबार बिहान देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको हो ।

त्यस्तै प्रदेश १, प्रदेश २ तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश १ का एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको तथा पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम तथा नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने उसले जनाएको छ । 

महाशाखाले यातायात क्षेत्र प्रभावित हुनसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको देशको दक्षिणी भू-भागनजिक मनसुनी न्यून चापीय रेखा रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार ७ गते (सोमबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षा साथै प्रदेश १ का एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

२०७८ असार ८ गते (मंगलबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ ,बाग्मती र  सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

२०७८ असार ९ गते (बुधबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, बाग्मती र प्रदेश १ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका एक वा दुई स्थानमा र प्रदेश १ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।


कस्तो लाग्यो ?

यो पनि