बैशाख १४, २०८१, शुक्रबार
               

काठमाडौंमा लकडाउन केही खुकुलो (केके गर्न पाइन्छ सूचीसहित)

नेपाल फ्ल्यास
असार ०६, २०७८

ADVERTISEMENT

काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो बनाउँदै एक हप्ता थपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आज आइतबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थप गर्ने निर्णय भएको हो  ।

सो अवधिमा नीजि सवारी साधन भने जोर बिजोरका आधारमा सञ्चालन हुनेछन् । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल (बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म) खुल्ला  रहनेछन् । 

सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर, फेन्सीका पसलहरु खुल्नेछन् । यी पनि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्नेछन् ।

खाद्यन्न पसल भने हरेकदिन बिहान ११ बजेसम्म खोल्न पाइनेछ । निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । नीजि सवारी कार, जीप भ्यानमा चार जनामात्रै यात्रु राख्न पाइनेछ । त्यस्तै ट्याक्सीमा  भने तीन जनामात्रै यात्रु राख्न पाइनेछ ।


कस्तो लाग्यो ?

यो पनि