बैशाख १२, २०८१, बुधबार
               

मंगलबारबाट निजी सवारीमा जोर-बिजोर लागू, कपडादेखि मोबाइल पसलसम्म खोल्ने तयारी

नेपाल फ्ल्यास
असार ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । वैशाख १६ गते एक साताका लागि लगाइएको निषेधाज्ञा पटक-पटक थप गर्दै थप गरिएको निषेधाज्ञाको अवधि यही असार ७ गते सकिँदैछ । काठमाडाैं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै अवधि फेरि थप्ने तयारी गरिएको छ ।

कोभिड - १९ व्यवस्थापन समन्वय केन्द्र सिसिएमसिले स्मार्ट लकडाउन गर्ने निर्णय गरिसकेको छ । सोही अनुसार प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी कम भीड हुने व्यवसाय खुला गर्ने तयारी भएको छ ।यस्तै, हार्डवेयर पसल सञ्चालनको समयअवधि बढाउने विषयमा पनि छलफल चलिरहेको छ । यसको निर्णयका लागि आज प्रजिअहरुको बैठक बस्दैछ ।

अनलाइन कक्षा चलिरहेकाले अध्ययनका लागि मोबाइल तथा कम्प्यूटरको माग बढेकाले जनस्वास्थ्यको मापदण्ड पालना गरि यी पसलहरु खोल्ने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । यस्तै निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउने तयारी भएको उनले बताए । 

उनका अनुसार अत्यावश्यक सरकारी कार्यालयहरु पनि खोल्ने तयारी भएको छ भने ब्यूटी पार्लर, कस्मेटिक पसल, पार्टी प्यालेस, विद्यालय, सिनेमा हल, सार्वजनिक स्थान, सार्वजनिक यातायातहरु भने खुल्ने छैनन् । 

यसअघि, किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु, ग्यास, हार्डवेयर पसल, वर्कशपहरु निश्चित समय तोकेर सञ्चालन गर्न दिइएको छ । 


कस्तो लाग्यो ?

यो पनि