जेठ ०५, २०८१, शनिबार
               

महाकाली नदीको टापुमा फसेका ३ जनाको उद्दार

नेपाल फ्ल्यास
असार ०५, २०७८

ADVERTISEMENT

पानीको बाहाब बढ्न गई महाकाली नदीको टापुमा फसेका भिमदत्त नगरपालिका-१० गड्डाचौकी बस्ने २४ वर्षीय राजेन्द्र टमटा, २० वर्षीय राम टमटा र २८ वर्षीय पर्मा तिरुवालाई शुक्रबार राति सकुशल उद्दार गरिएको छ ।

शारदा ब्यारेजस्थित कालीझाला जंगलबाट भैसी लिएर घर फर्कने क्रममा उक्त टापुमा उनीहरू फसेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ । कञ्चनपुर प्रहरीकाे टोलीले ईलाका प्रहरी कार्यालय गड्डाचौकी र उत्तराखण्ड भारतीय जल प्रहरी समेतकाे सहयोगमा उनीहरुको सकुशल उद्दार गरेको हो ।

उद्दार गरिएका तीनै जनालाई आफन्तको जिम्मा लगाई पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि