बैशाख १८, २०८१, मंगलबार
               

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

नेपाल फ्ल्यास
असार ०५, २०७८

ADVERTISEMENT

लगातारको वर्षाले सडकमाथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका–३ धरमघर नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए । 

शनिबार खसेको पहिरोबाट राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनले भने, “अवरुद्ध सडक खुलाउन सडक कार्यालयसँग समन्वय भइरहेको छ, लगातारको वर्षाका कारण समस्या भएको छ ।” राजमार्ग अवरुद्ध हुँदा गोकुलेश्वर, दार्चुला जाने, दार्चुलाबाट फर्किने सवारी साधन ठप्प  छन् ।


कस्तो लाग्यो ?

यो पनि