जेठ ०६, २०८१, आइतबार
               

बाढीले सिन्धुपाल्चोकमा फेरि वडा कार्यालय र प्रहरी चौकी बगायो

नेपाल फ्ल्यास
असार ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । निरन्तर आइरहेको अविरल वर्षाका कारण बाढीले सिन्धुपाल्चोकमा फेरि वडा कार्यालय र प्रहरी चौकी बगाएको छ ।

जिल्लाको हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय र ईलाका प्रहरी कार्यालयको भवन शुक्रबार राति आएको बाढीले बगाएको बताइएको छ ।

निरन्तर आइरहेको बाढीले जोखिममा रहेका ती कार्यालयहरू शुक्रबार रातिको बाढीले बगाएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

साथै, वडा नम्बर ४ ग्याल्थुममा रहेको ईस्ट प्वाइन्ट एकेडेमीको भवन पनि बाढीले बगाएको छ । बाढीले सयौँ रोपनी खेतीयोग्य जमिन पनि कटान गरेको बताइएको छ । 

यो पनि