जेठ ०६, २०८१, आइतबार
               

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

नेपाल फ्ल्यास
असार ०४, २०७८

ADVERTISEMENT

काठमाडाैं । संस्कृतिविद् एवं वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । नौ दिनदेखि किस्ट अस्पतालमा उपचार गराइरहेका जोशीलाई आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वास, छातिको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि उपचारका लागि जोशीलाई जेठको २६ गते अस्पताल भर्ना गरिएको थियो । उनको रक्तचापको गडबडी नियन्त्रणमा आएको, खानपिन सामान्य रहेको र हिँडडुल पनि गर्न सक्ने अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

एक हप्तापछि छाति रोग विशेषज्ञ प्रा. डा. मिलेशजंग सिजापतिको टोलीले जोशीको फलोअप गर्ने जनाएको छ  ।

यो पनि