बैशाख २१, २०८१, शुक्रबार
               

काठमाडाैं महानगरले सिन्धुपाल्चोकका थप दुई पालिकालाई ५०/५० लाख दिने

नेपाल फ्ल्यास
असार ०४, २०७८

ADVERTISEMENT

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई ५०/५० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नगर सभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बाेधन गर्दै काठमाडाैं महानगरको तर्फबाट मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

मेलम्ची नदीमा आएको बाढी र त्यसले गरेको जन–धनको क्षतिपछिको राहत तथा उद्धारका लागि त्याे रकम सहयोग गर्ने घोषणा गरेको मेयर शाक्यले जानकारी दिए । मेलम्ची नगरपालिका काठमाण्डाै महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित नगर हो ।

मेलम्चीलाई यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकाले मेलम्ची नगरपालिका वडा नं १० मेलम्ची बजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि एक कराेड ५० लाख रुपैयाँ अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि