बैशाख १४, २०८१, शुक्रबार
               

शान्ति सेनामा गोर्खाली तेस्रो नम्बरमा

नेपाल फ्ल्यास
असार ०३, २०७८

ADVERTISEMENT

संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति सेना योगदान गर्ने मुलुकहरुको वरीयतामा नेपाल तेस्रो नम्बरमा उक्लिएको छ । 
द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ शान्ति सैनिक पठाउन थालेको ६१ वर्षपछि नेपाल शान्ति सैनिक योगदान गर्ने विश्वको तेस्रो मुलुक बनेको हाे ।

५ हजार ६८६ फौजसहित नेपाल तेस्रो स्थानमा रहेको संयुक्त राष्ट्र संघले जनाएको छ ।  अप्रिल ३० तारिकका दिन सार्वजनिक गरिएको तथ्याङ्क हो। राष्ट्र संघले ३/४ महिनाको अवधिमा शान्ति सैनिक योगदान गर्ने देशहरूको सूचीसहित सैनिकहरूको तथ्याङ्क सार्वजनिक गर्दछ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लब पौडेलले शान्ति सैनिक योगदान गर्ने तेस्रो देशमा नेपाल परेकोमा खुसी व्यक्त गर्दै नेपाली शान्ति सैनिकहरूलाई बधाई ज्ञापन गरेका छन्। शान्ति सैनिक योगदान गर्ने देशहरूको सूचीमा नेपाल अघि बंगलादेश र इथियोपिया रहँदा नेपालपछि रुवान्डा, भारत र पाकिस्तान रहेको छ।

नेपालले सन् १९५८ मा पहिलोपटक लेबनानमा ५ जना सुरक्षाकर्मी अब्जरभरको रूपमा पठाएर शान्ति मिसनका लागि काम गर्न थालेको थियो । हाल नेपाली सेनाको १४ वटा मिसन विभिन्न देशमा खटिएका छन्। यसबीचमा नेपालबाट ६ जना फोर्स कमान्डरसमेत भइरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि