जेठ ०५, २०८१, शनिबार
               

मेलम्ची आयोजनाका दुई कामदारको शव भेटियो

नेपाल फ्ल्यास
असार ०३, २०७८

ADVERTISEMENT

मेलम्ची खानेपानी आयोजनाका दुई जना कामदारको शव फेला परेको छ ।

मेलम्चीमा आएको बाढीले बेपत्ता पारेका ८ कामदारमध्ये दुईजनाको शव फेला परेको हो । उनीहरू दुवै चिनियाँ नागरिक रहेको बताइएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी अरुण नेपालले पुष्टि गरे ।

उनीहरू दुवै चिनियाँ कम्पनी सिनो हाइड्रोका कामदार रहेको पुष्टी भएको छ । अझै ६ जना कामदार सम्पर्कविहीन छन् । आयोजनाको हेर्डवक्समा खटिएका ३ चिनियाँ, ३ भारतीय र २ नेपाली सम्पर्कविहीन भएका थिए । 


कस्तो लाग्यो ?

यो पनि