जेठ ०६, २०८१, आइतबार
               

बाढी पहिरो प्रभावितको उद्धार, राहत र प्रभावकारी व्यवस्थापन गर्न पूर्वराजा शाहको आह्वान

नेपाल फ्ल्यास
असार ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरो प्रभावितको उद्धार एवं राहतको व्यवस्था मिलाउन सबै पक्षले गम्भीर ध्यान दिनुपर्ने बताएका छन् ।

महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति आइपरेको भन्दै पूर्वराजा शाहले यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनीकरण गर्नेतर्फ जिम्मेवार बन्नुपर्ने उल्लेख गर्नुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै पूर्व राजा शाहले मनसुन प्रारम्भ मात्र भएको समयमा नै यति धेरै क्षति भएको भन्दै तीव्र वर्षातको समयमा अझै अवस्था कस्तो होला भन्ने चिन्ता व्यक्त गर्नुभएको छ ।

वक्तब्यमा पूर्वराजा शाहले हिमाल, पहाड र तराईका धेरै जिल्लामा जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवं ग्रामीण तथा शहरी वस्तीका बासिन्दाको उठिबास भएको खबरले आफूलाई दुःखित तुल्याएको उल्लेख गरेका हुन् ।

प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकोले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवं राहतकारी व्यवस्था मिलाउने बिषयमा सबै पक्षको गम्भीर ध्यान जानुपर्ने उनले उल्लेख गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि