असोज ०६, २०८१, आइतबार
               

सिन्धुपाल्चोक घटना : एक चिनियाँ नागरिकको शव भेटियो

नेपाल फ्ल्यास
असार ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । अविरल वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा मंगलबार राति गएको पहिरो र आएको बाढीमा परी बेपत्तामध्ये अझै १५ जनाको अवस्था पत्ता लागेको छैन ।

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले आज बिहान मंगलबार राति बेपत्ता १६ जनामध्ये अहिलेसम्म एक जनाको मात्र शव फेला परेको जानकारी दिए । मृतक सिनो हाइड्रोमा कार्यरत चिनियाँ नागरिक भएको तर उनको नाम खुलिनसकेको डीएसपी सापकोटाले बताए ।

अन्य बेपत्तामध्ये अहिलेम्म ६ जनाको नाम खुलेको उनको भनाइ छ । उनका अनुसार ती हुन्– हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, सोही ठाउँको ४२ वर्षीय गणेश ज्योति, हेलम्बु वडा नम्बर ३ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपती र ६६ वर्षीया टीकामाया खड्का, हेलम्बु ६ का च्याङ्बा तामाङ र उनकी श्रीमती तथा चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल रहेका छन् ।

यसैगरी पछिल्लो जानकारी अनुसार सिनो हाइड्रोमा कार्यरत ९ कर्मचारी पनि सम्पर्कविहीन भएको डीएसपी सापकोटाले बताए । तिनमा ३ जना नेपाली, ३ जना भारतीय र ३ जना चिनियाँ छन् । 
 


कस्तो लाग्यो ?

यो पनि