बैशाख १४, २०८१, शुक्रबार
               

अविरल वर्षाका कारण तराईका डुबानमा, पहाडका सडक अवरुद्ध

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

तीनदेखिको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका तराईका जिल्लामा कयौं बस्ती डुबानमा परेका छन् भने पहाडी जिल्लामा पहिरोले सडक अवरुद्ध भएको छ । लगातारको वर्षापछि रुपन्देहीको पूर्वपश्चिम राजमार्गस्थित देवदहमा चरङ्गे नजिकै डाइभर्सन गरेको सडक भासिएर मंगलबार बिहानदेखि यातायात अवरुद्ध भएको छ । उक्त राजमार्गमा अझैसम्म यातायात सञ्चालनमा आउन सकेको छैन ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी डम्बर विकका अनुुसार सिद्धार्थ राजमार्ग र पहाडी जिल्ला सदरमुकाम जोड्ने सडक ठाउँ-ठाउँमा अवरुद्ध भएको बताए । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ ।

वर्षाका कारण पाल्पा–रिडी, पाल्पा–राम्दी, पाल्पा–आर्यभञ्जाङसहित गाउँ जोड्ने सडक अवरुद्ध भएको छ । यस्तै, गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको  छ । प्रहरीका अनुसार सन्धिखर्क–३, फुदबाङमा पहिरो गएको छ । प्युठान–भालुवाङ सडकखण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध भएको छ । गुल्मी–रिडी–तम्घास सडक पनि पहिरोका कारण अवरुद्ध छ ।

तिनाउमा नदीमा आएको बाढीले बुटवलमा ११ घर विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले तिनाउको बाढी बस्तीमै पसेपछि बुटवल–११ पवित्रानगरका ११ परिवारलाई अन्यत्र सारिएको बताए ।

पाल्पाको तिनाउ गाउँपालिकामा पनि केही परिवार विस्थापित हुन पुगेको स्थानीय विष्णु पाण्डेले बताए । उता, दाङ देउखुरीको राप्ती नदीमा फसेका चार जनालाई उद्धार गरिएको छ । मंगलबारदेखि फसेका उनीहरुलाई विपत ब्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीको टोलीले बुधबार उद्धार गरेको हो ।

 


कस्तो लाग्यो ?

यो पनि