बैशाख १४, २०८१, शुक्रबार
               

नेपालका यी स्थानमा भारी वर्षा  हुने, सतर्क रहन मौसमविदको आग्रह

नेपाल फ्ल्यास
असार ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा हुने स्थानको विषयमा जानकारी गराएको छ ।

अहिले भारतको झारखण्डमा रहेको न्यून चापीय क्षेत्र र मनसुन न्यून चापिय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको विभागको मौसम पूर्वानुमान मशाहाखाले जनाएको छ । उक्त प्रभावका कारण मंगलबार दिउँसो र राति नेपालका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनेछ ।

त्यसैगरी, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केही भू–भागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

भारी वर्षा र धेरै भारी वर्षाका कारण गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव बढेर नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

यस्तै, महाशाखाले मनसुनको निरन्तर अनुगमन गरिरहेकाले अद्यावधिक मौसमी सूचनाको जानकारी लिनसमेत महाशाखाले आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि