बैशाख २६, २०८१, बुधबार
               

बालिका र वृद्धा बलात्कार गर्ने पक्राउ

नेपाल फ्ल्यास
जेठ ३१, २०७८

ADVERTISEMENT

६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा रामपुर नगरपालिका-१ मसकोट बस्ने ३५ वर्षीय नारायण मल्ललाई सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ ।

नारायणले ती महिलालाई शुक्रबार साँझ बलात्कारगरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै कञ्चनपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा कृष्णपुर नगरपालिका-४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

गुरुङले ती बालिकालाई ललाई फकाई बलात्कार गरेकोअभियोगमा ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि