बैशाख १४, २०८१, शुक्रबार
               

आज देशभर भारी वर्षा : सतर्कता अपनाउन आग्रह

नेपाल फ्ल्यास
जेठ ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा सामान्य बदली भइ हल्का वर्षाको सम्भावना रहेको छ । साथै, केही उच्च हिमाली जिल्लाहरुमा भने हावाहुरीसहित हिमपात र भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै  स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने  छ ।

देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि