असोज ०६, २०८१, आइतबार
               

संवैधानिक आयोगमा भएको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

नेपाल फ्ल्यास
जेठ ३०, २०७८

ADVERTISEMENT

काठमाडौं ।सर्वोच्च अदालतमा संवैधानिक आयोगमा गरेका नियुक्तिका लागि गरिएको सिफारिस रोक्न माग गर्दै रिट दर्ता भएको छ ।

संवैधानिक परिषदको वैशाख २६ गतेको बैठकले विभिन्न आयोगमा नियुक्तिका लागि सिफारिस रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट दायर भएको हो । 

अधिवक्ता ओमप्रकाश अर्यालले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नु संविधान विपरीत रहेको भन्दै उनीहरुको नियुक्ति रोक्न माग गरेको हो ।

रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र प्रधानमन्त्री, संवैधानिक परिषद्का् सचिवालय र सभामुखलाई विपक्षी बनाइएको छ ।

राष्ट्रपति विद्या देवी भण्डारीले गत वैशाख २१ गते मन्त्रिपरिषद्को सिफारिसमा दोस्रो पटक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेकी थिइन् । उक्त अध्यादेश अनुसार वैशाख २६ गते संवैधानिक परिषदको बैठक बसेर लोक सेवा आयोगलगायत विभिन्न संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्ति सिफारिस गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि