बैशाख १७, २०८१, सोमबार
               

इन्जिनियरलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनमाग

नेपाल फ्ल्यास
जेठ ३०, २०७८

ADVERTISEMENT

नेपाल ईन्जिनियर्स एशोसिएसन (एनईए) बागमती प्रदेशले इञ्जिनियर तथा आर्किटेक्टलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । (एनईए) बागमती प्रदेशले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक पत्र मार्फत विकास निर्माणको अग्रपंक्तिमा खटिरहेका इन्जिनियर तथा आर्किटेक्टहरूलाई प्राथमिकतामा राखी तुरुन्त खोपको व्यवस्था गर्न माग गरेको हो ।

देशभर राष्ट्रिय गौरवका तथा अन्य महत्वपूर्ण विकास आयोजनाहरू, सरकारका विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयहरू र स्थानीय स्तर लगायतबाट सञ्चालित आयोजनाहरूमा कार्यरत इन्जिनियर तथा आर्किटेक्टहरू जोखिमपूर्ण तरिकाले दिनरात खटिरहेकाले उनीहरूको जीवन रक्षाका लागि तत्काल खोपको व्यवस्था गर्न माग गरिएको (एनईए) बागमती प्रदेश कार्यकारिणी समितिका सभापति नन्दलाल बञ्जाडेले जानकारी दिए ।

एनईए प्रदेश कार्यकारिणी समितिले कोरोना महामारीको दोस्रो लहरबाट ज्यान गुमाएका इन्जिनियर तथा आर्किटेक्टहरू गुमाउनु पर्दा मर्माहत भएको जनाएको छ । समितिका सभापति नन्दलाल बन्जाडेको अध्यक्षतामा बसेको अनलाइन बैठकले इञ्जिनियर तथा आर्किटेक्टलाई कोभिड विरुद्धको खोपको व्यवस्था गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गर्ने हिजो मात्र निर्णय गरेको थियो ।

यस्तै बैठकले एनईए वागमती अन्तर्गतको प्लानिङ एण्ड पोलिसी इन्हान्स्मेन्ट विजनेस कमिटीद्वारा ‘पुननिर्माणका ५ वर्ष : उपलब्धि र अनुभव तथा अनुभवी प्राविधिकहरूको व्यवस्थापन’ तथा एनईए बागमती अन्तर्गतकै टेक्निकल र इन्फ्रास्ट्राक्चर डेभेलप्मेन्ट विजनेस कमिटीद्वारा एमसीसीको बारेमा वेबिनार गर्ने लगायत निर्णयहरू गरिएको सभापति बन्जाडेले जानकारी दिनुभयो ।

 

यो पनि