असोज ०६, २०८१, आइतबार
               

ट्रयाक्टरले ठक्कर दिँदा शिक्षिकाको मृत्यु

नेपाल फ्ल्यास
जेठ २९, २०७८

ADVERTISEMENT

बागलुङ नगरपालिका–६ लहरेपिपलमा ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट बागलुङ नगरपालिका–४ पाखाथर निवासी ५२ वर्षीया कमलाकुमारी शर्माको मृत्यु भएको वडासचिव रुद्र केसीले जानकारी दिए ।

ग१त ६३०३ नंको ट्रयाक्टर सिकाउने क्रममा शिक्षिका शर्मालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको वडासचिव केसीको भनाइ छ । मृतक शर्मा सोही गाउँको काफलठुटा आधारभूत विद्यालयकी शिक्षिका हुन् । प्रहरीले ट्रयाक्टर चालक सुरेश नेपाली र सहचालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि