बैशाख २७, २०८१, बिहीबार
               

छोरीलाई पटक-पटक बलात्कार गर्ने बुबा पक्राउ

नेपाल फ्ल्यास
जेठ २८, २०७८

ADVERTISEMENT

आफ्नै १५ वर्षीया छोरीलाई  बलात्कार गरेको अभियोगमा भोजपुर नगरपालिका बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले एक वर्ष अगाडिदेखि नै ललाई फकाई डर त्राससमेत देखाई आफ्नै घरमा पटक पटक बलात्कार गर्दै आएको तथा बैशाख २२ गतेराति घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको उजुरी पछि प्रहरीले ती पुरुषलाई पक्राउ गरेको जनाएको हो ।

त्यसै गरी रुपन्देहीमा ३८ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा सैनामैना नगरपालिका २ उछीटिया बस्ने २६ वर्षीय छेत्र बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । सैनामैना नगरपालिका २ स्थित सैनामैना सामुदायिक वनमा बाख्रा चाराउन गएकी ती महिलालाई जंगलमा च्याउ खोज्न गएका छेत्र बहादुरले बलात्कार गरेको तथा सैनामैना नगरपालिका २ सोरौली बस्ने २१ वर्षीय सन्तोष रानाले बलात्कारको प्रयास गरेको उजुरी पछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको जनाएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि