जेठ ०२, २०८१, बुधबार
               

लिम्पियाधुराको नक्सा नछापेका पुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

नेपाल फ्ल्यास
जेठ २६, २०७८

ADVERTISEMENT

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् ।

केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचनाका आधारमा उनले बुधबार सो आदेश दिएका हुन् । मन्त्रीको सो आदेशमा पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको बुधबारको बैठकमा पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पनि  निर्देशन छ । 

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौँ, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रक्रिया अघि बढाउनेछौं,’ उनले भने ।


कस्तो लाग्यो ?

यो पनि