बैशाख २३, २०८१, आइतबार
               

भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने रहर

नेपाल फ्ल्यास
जेठ २६, २०७८

ADVERTISEMENT

हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्षका भएका छन् । 

हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर सम्झदै उनले भने, “चैनपुरमा औँलामा गन्ने घरहरु थिए । चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ जग्गा लेउ भन्थे, के गर्ने त्यो बेला भेडा, बाख्रालाई हामीले ठूला मान्यौ, त्यो बेला वुद्धि भएन, नत्र जग्गासँग पाठा साटेको भए, आधा चैनपुर हुन्थ्यो होला ।’

उनका अनुसार त्यतिबेला चैनपुरका धनी भनेकै हरि साहू थिए । उनका दुईवटा घर थिए । उनी एउटा भेडा ५० देखि एक सयसम्ममा बिक्री गर्थे । लाग्छ, त्यतिबेलाको एक सय ठूलो थियो । अहिले एक सय ५० भेडा बिक्री गरेपछि १९ देखि २० लाख रुपैयाँ आउँछ, त्यसले पनि केही हुँदैन । 

त्यतिबेला गाउँमा स्कुल थिएन । पढ्नुपर्छ भन्ने थाहा पनि भएन । १२ वर्षको उमेरमै भेडासँग हिँड्न लागेका हामी दुई दाजुभाई भेडासँगै जीवन बिताउन थालेका मनबहादुरले भने, ‘म हुम्लाबाट बझाङ आउँदा शुरुमा १८ पाठा थिए । हुदाँहुँदै कुनैबेला ११ सय बाख्रा, खसी, भेडाका छुट्टाछुट्टै गोल र आठ/नौ जना ग्वाला (हेर्ने मान्छे), साथमा तीन/चार वटा कुकुर थिए । धनगढी र महेन्द्रनगर, डडेलधुरालगायत ठाउँबाट सामान ल्याउँथे । त्यतिखेर यातायातका साधन भनेका भेडा, बाख्राथिए ।’ 

खच्चर धेरै समयपछि आएको महतको भनाइ छ । उनले भने, ‘त्यतिबेलाको जमना थियो । भेडामा सामान हुन्थ्यो । गाउँनजिकै बाटोमा डेरा बसाल्थ्यौँ । गाउँले दाजुभाइले माया गर्थे । अहिले भेडावाला भन्नेवित्तिकै गाली गर्छन् । अब त बुढो भयौँ, तागत छैन । हिँड्दा हिँड्दै खुट्टा लट्पटिन्छन् । अब सकिँदैन, विस्तारै घटाउनुपर्यो ।’ हुन त भेडाकै खर्चबाट छोरा अफितलाई डिग्री पढाएको बताउने उनले छोरा अमेरिका जाँदा ९ लाख पठायौँ, अहिले छोरा अमेरिकामा छ उनको भनाइ छ ।    

‘छोराले उतै विवाह गर्‍यो ।’ उनले भने, ‘उ पनि फोन गरेर कहिले काँही भेडा बेचेर घर आउँ भन्छ । घरपरिवार सबैलाई भेडाकै खर्चबाट पालनपोषण गरे । अहिले पनि घरमा ११ जनाको परिवार छ । श्रीमती बितेको केही वर्ष भयो । आफ्नो जिन्दगी भने दुःख गर्दै खायो । उहिलेका दुःख सम्झदा छोराछोरीलाई सुख छ, तागत छैन, सम्पति देख्दा माया लाग्छ, मलाई एक भेडा बेच्दा पुगिहाल्यो, आफूलाई नपुग्या छोराछोरीलाई देउ भन्नु, मर्नुभन्दा अगाडि एक चोटि अमेरिका घुम्ने मन छ । छोराले पनि अमेरिका लैजान्छु भन्या छ । तर, क्या अर्नु (के गर्नु ) देशभरि यस्तै छ । मान्छे माहामारीका कारण घान हुन लाग्याका छन् (धेरैको संख्यामा मर्न लागेका) । बाँच्या पछि अमेरिका हेर्न जान्या रहर थियो । न तत्र सकियो ।’


कस्तो लाग्यो ?

यो पनि