बैशाख १४, २०८१, शुक्रबार
               

मलामी गएका तीन युवक नदीले बगाएर बेपत्ता

नेपाल फ्ल्यास
जेठ २६, २०७८

ADVERTISEMENT

काठमाडौं । मलामी गएका तीन जना युवक नदीले बगाएर बेपत्ता भएका छन् । धादिङ जिल्लाको मैदीमा नदीले बगाएर तीन जना युवक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मंगलबार मलामी गएका ती युवक गर्मी भयो भनी बूढीगण्डकीमा नुहाउन पस्दा नदीले बगाएर बेपत्ता भएका हुन् । उक्त नदीले चार जनालाई बगाएकोमा एक जना निस्कन सफल भएका छन् ।

बेपत्ता हुनेमा ज्वालामुखी गाउँपालिका–२ मैदी, ठूलो चौरका २२ वर्षीय सुवास नेपाली, २२ वर्षीय दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली रहेका छन् ।

बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको धादिङ प्रहरी प्रवक्ता जागेश्वर भण्डारीले बताए । स्थानीय एक बृद्धको मृत्यु भएपछि जोगेटार नजिकैको घाटमा सदगत गर्नका लागि उनीहरू मलामी गएका थिए ।


कस्तो लाग्यो ?

यो पनि