बैशाख १४, २०८१, शुक्रबार
               

यस्तो छ आज देशभरको मौसम पूर्वानु

नेपाल फ्ल्यास
जेठ २६, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत अन्य केही तराइका जिल्लाहरुमा मौसम पहिलेको तुलनामा परिवर्तन भइ गर्मीको महसुस गरिएको छ ।

साथै, केही उच्च तथा हिमाली जिल्लाहरुमा भने हल्का हावाहुरी र हिमपातसहित केही वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने बताइएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि