असोज ०६, २०८१, आइतबार
               

गायक यम बरालको पहलमा असक्तहरूलाई राहत वितरण सुरु

नेपाल फ्ल्यास
जेठ २५, २०७८

ADVERTISEMENT

कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा आम नागरिक सङ्कटमा छन्। कोरोना नियन्त्रण तथा रोकथामको लागि गरिएको लामो निषेधाज्ञाका कारण मानवीय उत्पन्न भएको हो । 

यस्तो विषम परिस्थीमा धेरैको रोजीरोटी गुमेको छ । जस कारण कतिपयलाई चुलो बाल्न समेत समस्या छ । विषेशगरी ज्याला मजदुरी गरेर जीविका चलाउनेहरू अप्ठेरोमा छन् । अरूको सहारामा बाँच्नुपर्ने दृष्टिविहीन, अपाङ्गता भएकाहरू भने झनै समस्यामा छन् । तीनै अफ्टोमा परेका खाद्यान्न समस्या भएका परिवारलाई राहत वितरण सुरु गरिएको छ । 

लकडाउन लम्बिँदै जाँदा उनीहरूको जीविका चलाउनै समस्यामा परेपछि चर्चित गायक यम बरालको पहलमा मङ्गलवार काठमाडौंको भत्केको पुल, कालोपुल, चाबहिल र बौद्धको ह्यात गेट अगाडी राहत वितरण गरिएको हो । राहत वितरण गर्ने काम बुधबार पनि जारी रहने छ। राहतमा १५ किलो चामल, दुई किलो दाल, १ किलो नुन र एक लिटर खाने तेल वितरण गरिएको छ ।

अमेरिकाको पिट्सबर्ग पेन्सिलभेनियामा रहेका समाजसेवी भुवन आचार्य, ह्यारिसबर्ग पेन्सिलभेनियामा बस्ने व्यवसायी तथा कलाकार राजेश अर्याल र व्यापसाइ तथा कलाकर्मी नवीन बुढाथोकीको सहयोगमा राहत वितरण गरिएको हो ।

राहतको पहिलो प्राथमिकतामा असक्तहरू छन् । तर पनि नियमित आम्दानी नभएको र लकडाउनका कारण समस्या परेकाहरूलाई राहत वितरण गर्दै आएको गायक बरालले बताए । बरालले भने ‘हाम्रो पहिलो प्राथमिकतामा दृष्टिविहीन तथा असक्तहरू छन् । काठमाडौंमा बस्ने कोही यस्ता व्यक्तिहरू भोकै छन् भने उहाँहरूको लागि हामी राहतको लागि पहल गछौं । कोही पनि भोकै राख्दैनौँ ।’

‘सरकार सम्पूर्ण मजदुरलाई राहत प्याकेज ल्याऊ, भोकसँग लड्न नागरिकलाई साथ देऊ ’ भन्ने नाराको साथमा यसलाई कार्यान्वयन गर्न सरकारलाई दबाब दिने अभियान स्वरूप दृष्टिविहीन, अपाङ्गता भएका र मजदुरलाई राहत वितरण गरिएको गायक बरालले बताए ।


कस्तो लाग्यो ?

यो पनि