जेठ ०२, २०८१, बुधबार
               

सर्वोच्चद्वारा मन्त्रिपरिषद् विस्तारको कारण देखाऊ आदेश

नेपाल फ्ल्यास
जेठ २५, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन घोषणा गरिसकेपछि गरेकाे मन्त्रिपरिषद् विस्तारलाई बदर गर्न माग गरेको निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले २१ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेका रिटमा सुनुवाइ गर्दै आज सरकारकाे नाममा कारण देखाऊ आदेश दिएका हुन्। 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ताहरू राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने तथा वीरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध निवेदन दिएका थिए । 

न्यायाधीश खतिवडाले अन्तरिम आदेशबारे छलफलका लागि सरकारी वकीललाई पनि झिकाउने आदेश गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि