असोज ०६, २०८१, आइतबार
               

पिकअप दुर्घटनामा दुईको मृत्यु

नेपाल फ्ल्यास
जेठ २५, २०७८

ADVERTISEMENT

मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् । थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप  हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान  पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि