असोज ०६, २०८१, आइतबार
               

बौद्धमा एक बोराभित्र शव भेटियो, अनुसन्धानमा कुकुर

नेपाल फ्ल्यास
जेठ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । बौद्धस्थित टाउनप्लानिङमा एक बोराभित्र शव फेला परेको छ । मंगलबार (आज) बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले खबर गरेपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले आफ्नो नेतृत्वमा प्रहरी टोली पनि घटनास्थल पुगेर अनुसन्धान भइरहेको जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको के नाइन डिभिजनबाट तालिम प्राप्त कुकुरसमेत घटनास्थलमा लगिने प्रमुख एसएसपी सिंहले बताए ।


कस्तो लाग्यो ?

यो पनि