असोज ०६, २०८१, आइतबार
               

अनलाइनबाट सामान खरिद-बिक्री र होम डेलिभरी नरोक्न आदेश

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

सर्वोच्च अदालतले अनलाइन माध्यमबाट हुने सामान खरिद बिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले स्वास्थ्य सुरक्षाको मापदण्ड पलना गर्दै अनलाइन माध्यमबाट खरिद बिक्री भएको सामानको होम डेलिभरी गर्न दिन र ई-कमर्स सेवान रोक्न अन्तरिम आदेश दिएको हो ।

काठमाडौं उपत्यकामा अनलाइनमार्फत खरिद-बिक्री भएको सामानको होम डेलिभरी गर्न प्रहरीले अवरोध गरेपछि निकेत अग्रवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याललाई विपक्षी बनाए दायर गरेकाे रिटमा सर्वोच्चले आज आन्तरिम आदेश दिएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि