असोज ०६, २०८१, आइतबार
               

गैरराउटेलाई राउटे बस्तीमा प्रवेश निषेध

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । राउटे बस्तीमा गैरराउटेलाई प्रवेश गर्नमा प्रतिबन्ध लागइएको छ। राउटे बस्तीमा असुरक्षा बढेको भन्दै जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्तीमा गैरराउटेलाई प्रवेश गर्न प्रतिबन्ध लगाइएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार बस्तीमा हाल २२ जना प्रहरी खटाइएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले कुनै पनि व्यक्तिहरुलाई राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको बताए । 

केही दिनअघि राउटे युवतीलाई मदिरा सेवन गराएर होटलमा लगी यौन दुर्व्यवहार भएको घटना बाहिरिएको थियो । सो घटनाको चौतर्फी विरोध हुनुका साथै दोषीमाथि कडा कारबाहीको माग भएको छ । 


कस्तो लाग्यो ?

यो पनि