असोज ०६, २०८१, आइतबार
               

आजको संवैधानिक इजलास स्थगित

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

प्रतिनिधिसभा विघटनविरुद्ध जारी संबैधानिक सुनुवाई आजका लागि स्थगित भएकाे छ । गत जेठ १८गतेदेखि हेर्दाहेर्दैमा रहेकाे संबैधानिक इजलासकाे पुनर्गठन आइतबार भएपनि विषयमा प्रवेश गर्न पाएका थिएनन् । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजको इजलास स्थगित गरेका हुन् । प्रधानन्यायाधीश जबरा बिरामी भएपछि आजको संवैधानिक इजलास स्थगित भएको हो । प्रधानन्यायाधीश राणाले आफू बिरामी भएकाले आजको संवैधानिक इजलास नबस्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई गराएका हुन् । 

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० रिट परेका छन् । तीमध्ये संसद पुन:स्थापना गरी संविधानको धारा ७५ को उपधारा (५) अनुसार केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाउन माग गर्दै ४ रिट परेका छन् भने बाँकी २६ रिटमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग छ । पछिल्लो समय सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा इजलास गठन पेचिलो बन्दै गएको छ ।  


कस्तो लाग्यो ?

यो पनि