असोज ०६, २०८१, आइतबार
               

"हात नभए पनि केही हुँदैन"

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

विराटनगरकी २३ वर्षीया मेघा घिमिरेलाई टिकटकमा २३ लाख जनाले फलो गर्छन् । आफूले रमाइलोका लागि सुरुमा टिकटक बनाएकाे बताउने उनले आफ्नो टिकटकबाट अरूलाई हौसला एवं प्रेरणा मिलेकामा खुशी व्यक्त गरिन् । 

घिमिरेले पाँच वर्षअघि करेन्ट लागेर दुवै हात गुमाएकी हुन् । नघिमिरे टिकटकबाट अरू मानिसहरूले दिने मायाले आफ्नो आत्मबल बढेको बताउँछिन् । उनी भन्छिन्, "मेराे भिडिओ हेरेर कसैको हिम्मत बढेको सुनाउछन्, मलाई एकदम खुसी लाग्छ।"

मेराे भिडियो हेरेर अरूलाई मोटिभेसन मिलेकाे अरूले सुनाउदा आफूलाई थप उर्जा मिलेकाे उनले बताइन् । घिमिरेकाे टिकठकमा ९ कराेड ९५ लाख भ्युअर छन् भने साढे ७३ लाख लाइक पुगेकाे छ । साथै उनी ३३ हजार भोल्टकाे करेन्ट लागेर आफू बचेकाेमा आफूलाई भाग्यले बचेकाे बुझ्छिन् । 

बिबिसीकाे सहयोगमा


कस्तो लाग्यो ?

यो पनि