बैशाख १४, २०८१, शुक्रबार
               

यस्तो छ आज देशभरको मौसम

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत केही तराईका जिल्लाहरुमा मौसम परिवर्तन भइ हल्का गर्मी महसुस भएको छ । साथै, केही उच्च पहाडी जिल्लामा भने हल्का हिमपात र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १ र २ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, राति पनि पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहने बताइएको छ ।

साथै, प्रदेश १ र २, तथा बागमती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि