प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधि सभा विघटनविरूद्धका मुद्दामा सुनुवाइ गर्न संवैधानिक इजलास पुनर्गठन गरेका छन् । प्रधानान्याधीश जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलासमा क्षजलाश गठन गरेका हुन् ।
प्रधानन्यायाधी जबरासहित संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वपरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई छन् । उनीहरूलाई संवैधानिक इजलासका लागि बनाइएको रोस्टरबाट वरिष्ठताका आधारमा इजलासमा राखिएको हो ।
यसअघि गत पुस ५ गतेको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धा सुनुवाइका लागि गठित इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीमाथि स्वार्थ बाझिने भन्ने प्रश्न उठेको थियो । विगतमा कार्की महान्यायाधिवक्ता रहेका कारण प्रधानमन्त्रीविपक्षी रहेको मुद्दामा स्वार्थ बाझिने भन्दै रिट निवेदकपक्षका कानुनव्यावासायीले प्रश्न उठाएपछि उनले इजलास छाडेका थिए ।
अहिलेको मुद्दामा पनि आफूलाई त्यही प्रश्न आउने भन्दै उनले बस्दिनँ भनेदेखि वरिष्ठ पाँचपछिको छैठौं वरीयता क्रमका न्यायाधीश खतिवडा संवैधानिक इजलासमा परेका हुन् । वरिष्ठ पाँचमध्ये न्यायाधीश विश्वम्भर श्रेष्ठका आफन्तलाई कोरवना लागेर उनी आइसोलेसनमा रहेकाे हुँदा अनुपस्थित भएकाले सातौं वरीयताका आनन्दमोहन भट्टराई इजलासमा समावेश भएका हुन्।