जेठ ०२, २०८१, बुधबार
               

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट औषधि व्यवसायी घाइते

नेपाल फ्ल्यास
जेठ २३, २०७८

ADVERTISEMENT

काठमाडौं । सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक औषधि व्यवसायी घाइते भएका छन् । जिल्लाको मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीलाई गोली प्रहार गरी घाइते बनाइएको प्रहरीले जनाएको छ ।

पसलमा बसिरहेको समयमा शनिबार राति ८ बजेको आसपास आएको अज्ञात समूहले ४० वर्षीय साफीमाथि दुई राउण्ड गोली हानिएको प्रहरीले जनाएको छ ।

दुई राउण्ड गोलीमध्ये साफीलाई एउटा हातमा र अर्को तिघ्रामा लागेको सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले बताए ।

गोली प्रहारबाट घाइते भएका साफीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि