बैशाख १४, २०८१, शुक्रबार
               

आज पनि केही स्थानमा चट्याङसहित वर्षा

नेपाल फ्ल्यास
जेठ २३, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पुर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

माशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकादेखि अन्य केही जिल्लाहरुमा मौसम पहिलेको तुलनामा सामान्य परिवर्तन भइ केही तराईका भू–भागमा गर्मी महसुस भएको छ ।

त्यस्तै उच्च हिमाली जिल्लाहरुमा भने हल्का वर्षा र हावाहुरीसहित चट्याङको पनि सम्भावना रहेको बताइएको छ । साथै, दिउँसो पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ । त्यसैगरी राति पनि पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ ।

साथै, प्रदेश १ का एक–दुइ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि