जेठ ०५, २०८१, शनिबार
               

हत्यामा संलग्न १२ जना जेल चलान

नेपाल फ्ल्यास
जेठ २२, २०७८

ADVERTISEMENT

जिल्ला अदालत बागलुङले हत्या अभियोगमा १२ जनालाई जेल चलान गरेकाे छ । गत वर्षको होलीको दिन होली खेल्ने क्रममा एक युवालाई भीरबाट खसालेर मारेको आरोपमा पक्राउ परेका १२ जना पनि पूर्पक्षको लाथि जेल चलान भएका छन् । अदालतले आरोपी बडिगाड गाउँपालिका– १० का रेशम बुढामगर, झनबहादुर बुढा, मिलन बुढा, सूर्य बुढा, कुमार छन्त्याल, तीर्थलाल बुढा, ढालबहादुर बुढा, रुपेश बुढा, बालजंग गुरुङ, यामबहादुर बुढा, तेजेन्द्र छन्त्याल र सुमन बुढालाई थुनामा राख्न आदेश दिएको हो ।

घटनामा संलग्न रहेको आरोपमा १३ जना पक्राउ परेलगतै हिरासतमै कोरोना पोजेटिभ पहिचान भएको थियो । कोरोना निको भएका १२ जनालाई जेल चलान गरिएको छ । पक्राउ पर्ने भेषराज बुढा ‘रेशम’को कोरोना रिपोर्ट अझैँ पोजेटिभ हुँदा आइसोलेसनमै राखिएको छ ।

उक्त घटनामा अझैँ पाँच जना फरार छन् । चैत्र १५ गते होलीको दिन होली खेल्ने क्रममा उनीहरुले बागलुङको निसीखोला गाउँपालिका– ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षका दिपक परियारलाई भीरबाट खसालेका थिए । घटनामा प्रकाश कुँवरको मृत्यु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि