असोज ०६, २०८१, आइतबार
               

बालिकालाई यौन दुराचार गरेको आरोपमा दुई प्रशिक्षक पक्राउ

नेपाल फ्ल्यास
जेठ २२, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रहरीले १३ वर्षीया बालिकालाई यौन दुराचार गरेको आरोपमा दुई जना प्रशिक्षकलाई पक्राउ गरेको छ । भक्तपुर प्रहरीले सूर्यविनायक नगरपालिका– ७ गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वान्दो प्रशिक्षक चुलाई मुखियालाई पक्राउ गरिएको जनाएको छ ।

​प्रहरीका अनुसार प्रशिक्षक कोजुले गत मंसिर १६ गते ती १३ वर्षीया बालिकालाई आफ्नै घरमा भोज खान बोलाएर यौन दुराचार गरेका थिए । भक्तपुर सृजनानगर बस्ने तेक्वान्दो प्रशिक्षक मुखियालाई गत फागुन १ गते बिहान भक्तपुरको सल्लाघारीमा प्रशिक्षण दिने क्रममा यौन दुराचार गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक दीपक गिरीका अनुसार पीडित बालिकाकी आमाले बुधबार उजुरी दिएपछि कोजु र मुखियालाई पक्राउ गरिएको बताइएको छ ।

पीडित किशोरीले आमालाई भनेपछि घटना सार्वजनिक भएको थियो । मुखियाले राम्रोसँग खेल सिकाइदिन्छु भन्दै सल्लाघारीमा बोलाएर एकान्तमा लगेर यौन दुराचार गरेको प्रहरीको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि