असोज ०६, २०८१, आइतबार
               

समाजेवामा चम्किएका ताराबहादुर

नेपाल फ्ल्यास
जेठ २१, २०७८

ADVERTISEMENT

कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा सारा विश्व दुख, पीडा र सङ्कटमा छ । कोरोना नियन्त्रण तथा रोकथामको लागि गरिएको लामो निषेधाज्ञाका कारण नेपालमा पनि मानवीय सङ्कट छ ।  

एक मुठी खान नपाएकै कारण कैयौँ भोकभोकै बस्न बाध्य छन् । मजदुरीका लागि सहरमा रहेकाहरू खानकै समस्या भएपछि फुक्का चिउरा र  पानीको भरमा टाढाको दूरी हिँडेर घर जान बाध्य छन् । 

यस्तो मानवीय सङ्कटको घडीमा एक सत्य उजागर भएको छ। हराउँदै गएको मानवता फेरि एक पटक देखिन थालेको छ । भौतिकवादीसमेत आध्यात्मिकवादतर्फ उन्मुख देखिन्छन्। हरेकले आफ्ना धर्मग्रन्थहरू कोट्याउन थालेका छन् । तर, हरेक दुखमा सहारा खोज्न जाने मन्दिर, मस्जिद र चर्चहरू यस विश्वव्यापी सङ्कटमा बन्द छन् ।

अहिले भगवान् मन्दिरमा नभई दुखी पीडितहरूको घर आँगनमा देखिन थालेका छन् । भगवान् मानवरूपी जीवन नै रहेछ भन्ने महसुस राहत पाएका बेसाहाराहरुले गरेका छन् ।  यस्तैमा, महासङ्कटको सारथिको रूपमा देखा परेका छन् – समाजसेवी तथा व्यवसायी ताराबहादुर कुँवर ।

सिगौ मुलुक कोरोना प्रकोप सँग जुधिरहेको अवस्थामा जसरी अग्रिम मोर्चामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी कमान्डर बनेर सक्रिय छन् । उत्तिकै भूमिका निर्वाह गरिरहेका छन् समाजसेवी ताराबहादुर कुँवर र उनको समाजसेवी अभियान  ‘हजुरलाई नमस्ते परोपकारी अभियान’

दोसे चरणको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको महिना दिन कटिसकेको छ। लकडाउनको अवधि बढ्दै जाँदा दैनिकी मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुर तथा विपन्न वर्गमा समस्या थपिँदै गएको छ । लकडाउनका कारण धेरैले मजदुरी गर्न पाएका छैनन् । सरकारले दिने राहत सबै पीडितमाझ पुगेको छैन । केही पीडितले पाए पनि त्यो पर्याप्त छैन । 

यस्तो अवस्थामा ताराबहादुरको ‘हजुरलाई नमस्ते परोपकारी अभियान’ मार्फत धेरै असाहायहरुलाई राहत पुगेको छ । लकडाउनबाट पीडित भएकाहरूका लागि उनले दरिलो अभिभावकत्व प्रदान छन् । हजुरलाई नमस्ते परोपकारी अभियान मार्फत अहिलेसम्म ५ चरण राहत प्रदान गरिएको छ । जसबाट ३ सय बढीले राहत पाएका छन् । ताराबहादुरले अभियानमार्फत नयाँ बसपार्क क्षेत्रमा, कालो पुल क्षेत्र र सितापाईलामा हजुरलाई नमस्ते ट्रेडलिङक प्रालीको कार्यालयबाट राहत वितरण गरेका छन् । राहतमा साँढे १२ किलो चामल, दाल, नुन तेल र साबुन राखिने गरिएको छ ।

अहिले सङ्कटको समयमा जता हेर्‍यो त्यतै समस्या र जटिलता रहेको बताउने ताराबहादुर  विपदमा जनताको सेवा गर्न पाउनु अवसरको रूपमा लिन्छन् । ‘यो सङ्कटमा सहयोग गर्नु गहन दायित्व हो, सेवा गर्न पाउँदा आनन्द महसुस हुन्छ,’ उनी सुनाउँछन् । यस समयमा कोही पनि नागरिक भोकको पीडामा बस्नु नपरोस् भनेर सहयोग अभियान सुरु गरिएको उनले बताए । 

विशेषगरी, कुँवर फरक क्षमता भएकाहरूका लागि भगवान् नै बनिदिएका छन्  । पोहोर सालजस्तै यसपालि पनि कुँवरले शारीरिक अपांगता भएकाहरूलाई राहत उपलब्ध गराए । आफूले गरिबी के हो भन्ने राम्रैसँग बुझेकाले खानबाट कोही नमरोस् भनी व्यापार व्यवसायबाट आएको आम्दानी र सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगस्वरूप खाद्यान्न उपलब्ध गराउँदै उनले बताए ।

१५ सय ५० बढी अक्सिजन सिलिण्डको खोजी

अहिले अस्पतालमा अक्सिजनको अभाव छ । अक्सिजनकै अभावले धेरै सङ्क्रमितले ज्यान गुमाउनुपरेको थियो । यस्तो बेलामा ताराबहादुरले राज्यले गर्नुपर्ने दायित्वसमेत निर्वाह गरेका छन् ।

उनले प्रशासनको सहयोगमा छापा पारेर उनले १५ सय ५० बढी अक्सिजन सिलिन्डर सङ्कलन गरेर विभिन्न अस्पताललाई दिएका छन् । विभिन्न सिसा फ्याक्ट्री, वर्कसपलगायतमा लुकाइएको अक्सिजन बरामद गरिएको हो । जसमा ६० बढी भरी अक्सिजन सिलिन्डर थियो । 

ताराबहादुरले रवि लामिछानेको सहकार्यमा सञ्चालित जनमैत्री अस्पताललाई समेत ३८ वटा अक्सिजन सिलिन्डर वितरण गरेका छन् । साथै उनले नगद ७५ हजार रुपैयाँ समेत सहयोग गरेका बताए ।

ताराबहादुरले ‘हजुरलाई नमस्ते’ अभियानमार्फत गत वर्षको लकडाउनयता निरन्तर सरसहयोग गर्दै आएका छन् । हेल्थ क्याम्पअन्तर्गत गाउँगाउँमा चिकित्सकसहित स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्दै आएका छन् । अहिले पनि निरन्तर रक्तदान भइरहेको छ ।

पैसाले हेभी इक्यिुमेन्ट व्यवसायी ताराबहादुर आफ्नो पेसाबाट फुर्सद भयो कि अरूको सहयोगमा लाग्छन् । प्रायजसो गरिब बस्तीहरू राहत बाँड्न पुगिरहन्छन् । समाजसेवाबाट  उनी  सन्तुष्ट छन् । अझ उनी गर्व पनि गर्छन् । यसैमा  सुखी र खुसी छन् । 

‘समाजसेवाबाट मैले सबैबाट प्रेम पाएको छु, आत्मालाई सन्तोष मिलेको छ। सेवा र प्रेम नै मेरो प्रण हो,’  ताराबहादुर भन्छन् ‘कसैले सडकमा भातका सिता खोज्न नपरोस्, उपचार नपाएर मर्न नपरोस् र बूढाबूढीको सडकमा बास नहोस् ।’


कस्तो लाग्यो ?

यो पनि