बैशाख २३, २०८१, आइतबार
               

प्रेमपत्र पठाएको भन्दै बाँधेर दलित युवकमथि निर्घात कुटपिट

नेपाल फ्ल्यास
जेठ २१, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रेमपत्र पठाएको भन्दै रौतहट दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवानलाई डोरीले बाधेर निर्घात कुटपिट गरिएको छ ।गाउँले युवतीलाई प्रेम पत्र पठाएको निहुँमा बिहीबार उनलाई कुटपिट गरिएको खुलेको छ । जुन भिडियो यतिखेर सामाजिक सञ्जालमा  भाइरल छ । घटनाबारे वडाध्यक्ष र प्रहरी भने बेखबर झै चुपचाप बनेका छन् । तर, चौतर्फी आलोचना भएसँगै प्रहरीले पक्षमाथि अनुसन्धान थालिएको बताएको छ ।   

कक्षा ११ मा पढ्ने पासवानमाथि बाँधेर कुटपिट गर्नेहरुमा वडा नम्बर ४ बस्ने किन्सीदेव गिरी र उनका छोराहरु रहेको  खुलेको छ । 

घटनाबारे जानकारी लिँदा दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले युवकले स्थानीय युवतीलाई प्रेमपत्र लेखेकाले सो घटना घटेको आफूले सुनेको, तर गहन रुपले बुझ्न नपाएको भन्दै अनभीज्ञता प्रकट गरेका छन् । 

सामाजिक सञ्जालमा भाइरल भएको सो भिडियोमा एक युवकलाई डोरीले बाँधेर कुटपिट गरिरहेका छन् । एक पुरुषले उनलाई लठ्ठीले खुटटामा र शरीरमा पिटिरहेको अरु धेरै मानिसले हेरिरहेका छन् ।

युवक दलित समुदायको भएकाले गाउँका गैरदलितहरुले कुटपिट गरेको खुल्न आएको छ । रौतहट प्रहरीका अनुसार कुटाइ खाएका युवकको स्वास्थ्य जाँच भएको छ भने कुटपिटको घटनामा संलग्नको आरोपमा ५० वर्षका राजदेव गिरी र अरु २ जनालाई पक्राउ गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि