बैशाख २७, २०८१, बिहीबार
               

छोरीलाई गर्भवती बनाउने बुबा पक्राउ

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

कञ्चनपुर । बेदकोट नगरपालिकाका ५५ वर्षीय पुरुषले आफ्नै छोरीलाई गर्भवती बनाए अभियोगमा प्रहरीले पक्राउ गरेकाे छ । 

प्रहरीका अनुसार १३ वर्षीया छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बुवालाई पक्राउ गरी कारवाही अघि बढाएको हाे । बालिका गर्भवती रहेको सात महिनाभन्दा बढी समय भइसकेको र एक वर्ष अघिदेखि छोरीलाई पटकपटक बलात्कार गर्दै आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ । 

बालिकाकाे पेट बढ्दै गएपछि आफन्तले थाहा पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका  थिए । अहिले बालिकालाई सेफहाउसमा राखिएको छ भने अभियुक्त बुवा प्रहरी नियन्त्रणमा छन् ।


कस्तो लाग्यो ?

यो पनि