असोज ०६, २०८१, आइतबार
               

एक महिनाका लागि मेलम्चीको पानी वितरण बन्द गरिने

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

मेलम्ची खानेपानी आयोजनाको पानी एक महिनासम्म बन्द गरिने भएकाे छ । सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। 

अहिले मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर काठमाडौं उपत्यकामा आइरहेको छ । यो अभाव टार्ने उपाय भनेको पुरानो वितरण प्रणालीबाट आउने पानी हो । ठेक्का सम्झौता समापन पनि गर्नुपर्ने बेला भएको कारण सुरूङ परीक्षण गर्न बन्द गरिनेछ । 

असार १ गतेदेखि सुरूङ खाली गर्न सुरू गरिने र ईञ्जिनियरहरूको टोलीले सुरूङमा केही त्रुटि छन् छैनन् भनी हेर्ने कार्यक्रम छ ।  पानी खाली गराउन पन्ध्र दिन लाग्ने र निरीक्षण १० दिनमा हुनेछ ।  यही अवधिका लागि पानी बन्द गर्नु परेकाे आयोजनाले जनाएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि