जेठ ०३, २०८१, बिहीबार
               

श्रीमानबाटै जलाइएकी लक्ष्मीलाई सुदूरपश्चिम सरकारले दुई लाख राहत दिने

नेपाल फ्ल्यास
जेठ १९, २०७८

ADVERTISEMENT

डोडीको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएकी लक्ष्मी भाटलाई सुदूरपश्चिम प्रदेश सकारले आर्थिक सहयोग गर्ने भएको छ ।

डोडी । डोडीको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएकी लक्ष्मी भाटलाई सुदूरपश्चिम प्रदेश सकारले आर्थिक सहयोग गर्ने भएको छ । 
प्रदेश सरकारले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीका अनुसार उनलाई राहतस्वरुप दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । 

डोटीको आदर्श गाउँपालिका ४ रोडी बस्ने सन्तोष भाटले श्रीमती लक्ष्मी र छोरी अञ्जुलाई सुतिरहेको अवस्थामा ज्यान मार्ने मनसायले आगो लगाएका थिए ।

घाइते दुवैलाई तत्काल जिल्लास्थित सुजङ अस्पताल पुर्‍याइ उपचार गरिएकोमा बुधबार हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौंस्थित कीर्तिपुरस्थित अस्पतालमा ल्याइएको थियो । उनीहरूको अहिले त्यहाँ उपचार जारी छ । उपचार  खर्च सरकारले बेहोर्ने गृह मन्त्रालयले जनाएको छ । 

जेठ १२ मा भएको घटनामा परी आमा–छोरी नै घाइते भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि