बैशाख २१, २०८१, शुक्रबार
               

फ्रान्सद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

नेपाल फ्ल्यास
जेठ १९, २०७८

ADVERTISEMENT

फ्रान्स सरकारले कोभिड–१९ को नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सामग्री चार्टर्ड विमानमार्फत् बुधबार बिहान काठमाडौं ल्याइएको हो । 

फ्रान्सले नेपाललाई ५ लाख ४ हजार मास्क, २० हजार एन्टिजेन परीक्षण किट, १२ हजार प्रोटेक्सन चस्मा र १४ वटा रेस्पिरेटोरीलगायत सामग्री उपलब्ध गराएको हो । 

 उक्त सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि फ्रान्सेली राजदूत फ्रंस्वा जाविये लेजेले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरे ।


कस्तो लाग्यो ?

यो पनि